बाँकेका दुई पालिकामा तरकारी प्रवर्द्धन कार्यक्रम संचालन
  • काँचुली खबर

२१ कात्तिक, खजुरा । कृषि ज्ञान केन्द्र बाँकेले जिल्लाको दुईवटा पालिकामा व्यावसायिक तरकारी प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका र जानकी गाउँपालिकामा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने कृषि ज्ञान केन्द्र बाँकेका कार्यालय प्रमुख वरिष्ठ कृषि विज्ञ विनोद घिमिरेले जानकारी दिए ।

“चालु आर्थिक वर्ष ०८१-०८२ मा जिल्लाको राप्तीसोनारी र जानकी गाउँपालिकामा कृषि विकास कार्यक्रम अन्तर्गत व्यावसायिक तरकारी प्रवर्धन कार्यक्रम सुरु गर्न लागेका छौँ ।” कार्यालय प्रमुख घिमिरेले भने, “कृषि विकास कार्यक्रममा सहभागी हुन इच्छुक किसानलाई प्रस्ताव पेश गर्न सूचना जारी गरिसकेका छौँ ।”

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कार्यालय प्रमुख घिमिरेका अनुसार कार्यक्रममा सहभागी हुन योग्य किसानहरुले व्यावसायिक योजनाका आधारमा प्रस्तावहरु पेश गर्नुपर्ने र स्वीकृत भइसकेपछि कार्यक्रम सञ्चालन हुनेछ ।

कार्यक्रम अनुसार उत्पादन सामग्रीहरु, सिँचाइका लागि आवश्यक सामग्रीहरु, यन्त्ररउपकरणहरु, प्राथमिक प्रशोधन, बजारीकरण सामग्रीहरु, पूर्वाधार सुधार वा निर्माण गर्ने क्रियाकलापमा अनुदान सहयोग हुनेछ ।

कार्यक्रममा कृषक, फर्म, कृषक समूह, सहकारीहरु सहभागी हुन सक्ने र सामूहिक रुपमा कम्तीमा एक हेक्टर र एकल रुपमा कम्तीमा १० कट्ठा जमीनमा खेती गर्नुपर्ने मापदण्ड कार्यालयले तोकेको छ ।

किसानहरुले यन्त्र उपकरण/अन्य सामग्री हकमा अधिकतम ५० प्रतिशत, निजी पूर्वाधारको हकमा अधिकतम ५० प्रतिशत, बीउबिजनरबेर्नामा ५० प्रतिशत र सामुदायिक पूर्वाधार निर्माणको हकमा अधिकतम ७५ प्रतिशत तथा प्रति हेक्टर जमीनमा अधिकतम एक लाख रुपियाँसम्म अनुदान प्राप्त गर्ने कार्यालयले जनाएको छ ।

कृषि ज्ञान केन्द्र बाँकेले चालु आर्थिक वर्ष ०८१-०८२ मा सञ्चालन हुने कृषि विकास कार्यक्रम अन्तर्गत राप्तीसोनारी गाउँपालिका र जानकी गाउँपालिकामा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रमका साथै बैजनाथ गाउँपालिकामा च्याउ प्रवर्द्धन र कोहलपुर नगरपालिका, डुडुवा, बैजनाथ, खजुरा, जानकी र राप्तीसोनारी गाउँपालिकामा कृषि यान्त्रिकीकरण कार्यक्रम सञ्चालन गर्दैछ ।

यसबाहेक वर्षे-हिउँदे फलफूल बिरुवा वितरण र बीउ आलुको ढुवानी, बोरा तथा शीत भण्डार शुल्कमा सहयोग कार्यक्रम जिल्ला भरका किसानसँग सञ्चालन गर्ने योजना रहेको कार्यालय प्रमुख घिमिरेले जानकारी दिए ।

“किसानहरुले योजनासहित प्रस्तावसहितको आवेदन पेश गरिरहनुभएको छ, यही २९ गतेसम्म समयअवधि रहेको छ, समय सीमासम्म कति आवेदन आउँछन् त्यसपछि हामी छनोट प्रक्रियामा जान्छौँ ।” कार्यालय प्रमुख घिमिरिले भने, “सबै आवेदन प्राप्त भएपछि कागजी प्रक्रिया, फिल्ड भिजिट तथा कार्यविधि र मापदण्डका आधारमा किसान छनोट गर्छौँ, कार्यक्रम स्वीकृत गर्छोँ र कार्यक्रम सञ्चालन गर्छौँ ।”
गोरखापत्रबाट

  • २१ कार्तिक २०८१, बुधबार १३:०१ प्रकाशित
  • Nabintech