रबि लामिछाने प्रकरण छानबिनको जिम्मा डीएसपी तिवारीलाई
  • काँचुली खबर

७ कात्तिक, काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछाने माथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का डीएसपी सुन्दर तिवारीलाई पोखरा पठाइएको छ।

कास्किको पोखरास्थित सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा सभापति लामिछानेलाई कार्तिक २ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

सुर्यदर्शन सहकारी बारे अनुसन्धान गर्न डीएसपी तिवारीलाई पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ। सीआईबीले भन्यो, ‘दुईजना अधिकृतहरु यसअघि नै पोखरामा गएर काम गरिरहेका छन्, अनुसन्धानमा सहजीकरण गर्न अहिले डीएसपी तिवारीलाई पठाइएको छ ।’

असोज ६ मा पूर्वडीआईज छविलाल जोशीलाई पक्राउ गरेपछि पोखरा महानगरपालिका वडा नम्बर-५ स्थित सुर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न सीआईबीले इन्स्पेक्टरको नेतृत्वमा दुईजनालाई पोखरा पठाएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीले सुर्यदर्शन सहकारीको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको छ।

सुर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर जोशी र लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोप लागेको छ। गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले रकम आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिको निष्कर्ष छ।

  • ७ कार्तिक २०८१, बुधबार १३:०० प्रकाशित
  • Nabintech