निर्वाचन जित्नु मात्र ठुलाे कुरा होइन, व्यवसायीहरूको आवश्यकता बुझ्नुपर्छ : प्रदिप भट्टराई
  • काँचुली खबर

३० असाेज, काेहलपुर । निर्वाचन जित्नु मात्र ठुलाे कुरा नभएकाे काेहलपुर उद्योग वाणिज्य संघकाे आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार प्रदिप भट्टराईले बताएका छन । व्यवसायीहरूको वास्तविक चासो र आवश्यकता बुझ्नु आफ्नो मुख्य एजेण्डा भएको उनले बताए ।

आगामी कार्तिक ३ गते हुने उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक व्यवसायी समुह तर्फका अध्यक्ष पदका उम्मेदवार भट्टराईले मतदाता शिक्षा अभियानका क्रममा उनले यस्तो बताएका हुन् । आगामी कार्तिक ३ गतेको निर्वाचनमा व्यवसायीहरूको एकता र जागरूकता आवश्यक रहेको समेत उनले जोड दिए ।

भट्टराईको नेतृत्वमा रहेको लोकतान्त्रिक समावेशी व्यवसायी समूहले मतदाता शिक्षा अभियान चलाईरहेको छ । जसले व्यवसायीहरूको वास्तविक समस्याहरूको समाधानमा ध्यान केन्द्रित गर्ने उद्देश्य राखेको छ ।

अध्यक्ष पदका उम्मेदवार भट्टराईले व्यवसायीहरूले आफ्नो मताधिकारको महत्व बुझ्नुपर्ने भन्दै भने, “मत मात्र एक चिठी होइन, यो हाम्रो भविष्यको निर्धारण गर्ने एक शक्तिशाली उपकरण हाे ।”

यस्तै उपाध्यक्ष पदका उम्मेदवार चण्डी प्रसाद गैरेले यस अभियानले आफुहरूलाई एक अर्काको समस्या बुझ्न र सँगै समाधान खोज्न मद्दत गरिरहेको बताए । हामीले एकजुट भएर योग्य उम्मेदवार चयन गर्नुपर्छ उनले थपे, “जसले हाम्रो उद्योगको विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।”

वस्तुगत उपाध्यक्षका उम्मेदवार राकेश विष्टले कोहलपुरका व्यवसायीहरूको हितमा काम गर्नुपर्ने बताउँछन । यो निर्वाचनले हाम्रो उद्योगको भविष्यका लागि महत्वपूर्ण मोड ल्याउनेछ उनले भने, “सही उम्मेदवारको चयन गर्नको लागि सबैले सक्रियता देखाउन आवश्यक छ ।”

महासचिव पदका उम्मेदवार दिपक बहादुर भण्डारीले आफ्नाे समूहले व्यावसायिक वातावरणलाई सुधार्न र व्यवसायीहरूको समस्यालाई प्राथमिकता दिनकालागि चुनावि मैदानमा होमिएको बताए । सही निर्णयले संघलाई बलियो बनाउने र सबैका लागि फाइदाजनक हुने उनले प्रतिक्रिया दिएका छन् ।

कोषाध्यक्ष पदका उम्मेदवार भूमिराज कडेलले वित्तीय व्यवस्थापन र पारदर्शितामा ध्यान दिनुपर्ने बताए । व्यवसायीहरूलाई विश्वास दिलाउनका लागि हामीले सही र जिम्मेवार दृष्टिकोणमा काम गर्नुपर्छ । यस निर्वाचनले आफुहरूलाई एकजुट गराउने अवसर दिएकाे उनको भनाई रहेको छ ।

मतदाता शिक्षा अभियानले व्यवसायीहरूको सक्रिय भागीदारी सुनिश्चित गर्दै संघको लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउने उक्त समुहकाे भनाई छ ।

मतदाता शिक्षा अभियानमा मतदाता दर्ता, उम्मेदवारको पृष्ठभूमि र निर्वाचनको प्रक्रिया विषयमा विस्तृत जानकारी प्रदान गरीएको छ । संघका अधिकारीहरूले सबै व्यवसायीलाई यस अभियानमा सहभागी भएर आफ्नो मत प्रयोग गर्न र लोकतन्त्रलाई सशक्त बनाउन आह्वान समेत गरेका छन् ।

लोकतान्त्रिक समावेशी व्यवसायी समूहबाट प्रदिप भट्टराई अध्यक्ष पदका उम्मेदवार हुन् भने उनको नेतृत्वमा चन्डी प्रसाद गैरे वरिष्ठ उपाध्यक्ष, हरिसरण केसी उद्योग उपाध्यक्ष, राकेश विष्ट वस्तुगत उपाध्यक्ष, दिपक बहादुर भण्डारी महासचिव, भूमिराज कडेल कोषाध्यक्ष, उप-महासचिवको रूपमा राजन कुमार पौडेल र सह-कोषाध्यक्षमा देविलाल सुनार चुनावी मैदानमा होमिएका छन् ।

त्यसैगरी सदस्यहरूमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, अशोक गौडेल, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, र गिरीधारी शर्मा, मान बहादुर बुढाथोकी, राजेन्द्र प्रसाद रिजाल एशोसियट सदस्य रहेका छन् । महिला सदस्यको रूपमा शितल योगी अधिकारी र ममता थापा पनि चुनावि मैदानमा उत्रिएका छन् ।

  • ३० आश्विन २०८१, बुधबार १८:३९ प्रकाशित
  • Nabintech