कामीको हत्या आरोपमा परियार पक्राउ
  • काँचुली खबर

२९ असोज, कोहलपुर । टाउको काटी हत्या गरेको आरोपमा कोहलपुर प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ । यहि असोज २६ गते बिजयादशमीको दिन कोहलपुर नगरपालिका वडा नं. ८ स्थित सरसस्वतीचोक नजिकै एक स्थानियको टाउको काटि फरार रहेको अभियोगमा अनिल परियार पक्राउ परेका छन ।

रोल्पा जिल्लाको साबिक घर्तिगाँउ गाबिस वडा नम्बर नौ हाल माडी गाउपालिका वडा नम्बर ६ बस्ने २४ वर्षीया अनिल परियारलाई कामीको हत्या अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । परियारलाई राप्तीसोनारी गाउँपालिका-१ तिन घारीटोलस्थित भौवा नाका जाने बाटोको दाँया तर्फ रहेको तिर्थमाली परियारको घर किनारमा रहेको शौचालयबाट मंगलवार बिहान ८ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सेफ्टीट्याङ्कीमा भेटियो कामीको टाउको

कोहलपुर ८ पिपिरीका ४० वर्षिय चन्द्र बहादुर कामिको असोज २६ गते राति १२ बजेको समयमा टाउको नभएको शव फेला परेको थियो । टाउको बिनाको शव फेला परेपछि तिब्र अनुसन्धान अगाडी बढाएको प्रहरीले घटनाको तिन दिनपछि सोमबार स्थानिय एक घरको सेफ्टीट्यांकीमा कामीको टाउको फेला पारेको थियो ।

बहिनी नाता पर्ने महिलाको घरको सेफ्टीट्यांकीमा टाउको फेला परेको २४ घण्टा नबित्दै प्रहरीले परियारलाई पक्राउ गरेको हो ।

विजया दशमीका दिन दिउसभरिसंगै रहेका अनिल परियार चन्द्र बहादुर कामिको हत्या भएपछि फरार भएका थिए । फरार रहेकै आधार मान्दै कोहलपुर प्रहरीले हत्याराको नजिक पुगेको दावि समेत गरेको थियो ।

दशैंकाे दिन युवककाे हत्या, टाउकाे बाेकेर हत्यारा फरार

परियारलाई ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक राज कुमार भट्ट र ईप्रका कुसुमका प्रहरी नायव निरिक्षक मोहनलाल वलिको कमाण्डमा रहेको प्रहरी टोलीले पक्राउ गरेको हो ।

अनुसन्धानकालागि थुनामा रहेका परियारलाई आजै म्याद थप गरी थप अनुसनधान अगाडी बढाईने ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • २९ आश्विन २०८१, मंगलवार १३:३० प्रकाशित
  • Nabintech