लामो समयदेखि कोहलपुरमा व्यवसाय गर्दै आएका अर्जुन सुवेदी युवाहरु माझ परिचित नाम हो । सानै उमेरदेखी ब्यवसायमा हात हालेर लोभलाग्दो उचाई हासिल गरेका सुवेदी युवा ब्यवसायीहरुकालागी प्रेरणाको स्रोत समेत बनेका छन ।
आगामी कात्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका सुवेदी यतिवेला चुनावी अभियानमा ब्यस्त छन । प्रगतिशील व्यवसायिक प्यानलबाट उम्मेदवार बनेका सुवेदी व्यवसायिक चुनौतीको समाधानमा आफ्नो ध्यान केन्द्रित गर्न चाहेका बताउँछन ।
व्यवसायिक यात्राको सुरुवात
वि.सं. २०६४ सालमा कोहलपुर साइबर क्याफेबाट सुवेदीको व्यवसायिक यात्रा सुरु भएको हो । कोहलपुर क्षेत्रमै पहिलो गार्मेन्ट उधोग खोलेका सुवेदीले अफसेट प्रेस समेत संचालन गर्दै आएका छन । साथै विद्यालय, विद्यार्थी तथा विभिन्न कार्यालहरुलाई आवश्यक गुणस्तरिय प्रकाशन गृहका पाठ्यपुस्तक, स्टेस्नरी, पोसाक लगायत सम्पुर्ण सामाग्री उपलब्ध भएको स्कुल हाउस सन्चालन गरेका छन् ।
कोहलपुरमा उनले साइबर क्याफे सन्चालन गर्दै गर्दा आफ्नो लगनशीलता र परिश्रमले उनको व्यवसायले गति लिन थाल्यो । अहिले उनको स्कूल हाउस र प्रेस पनि सन्चालनमा रहेको छ । यो उनको मेहनत र प्रतिबद्धताको प्रतिफल हो । व्यवसायसँगै राजनीति र सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका सुवेदीले व्यवसायिक पहिचान मात्रै बनाएका छैनन्, उनी आफ्नो क्षेत्रमा एक प्रेरक व्यक्तित्वका रूपमा स्थापित भएका छन्।
व्यवसायिक क्षेत्रमा आफ्नो स्थायित्व र पहिचान बलियो बनाएपछि सुवेदीले उद्योग वाणिज्य संघको राजनीतिमा पनि पाइला राखेका छन् । अघिल्लो निर्वाचनमा उनी आवद्ध प्यानलबाट एक्लो निर्वाचित सदस्य बनेका थिए, जसले उनको व्यवसायिक र नेतृत्व क्षमता दर्शाएको थियो ।
उम्मेदवारी र चुनौतीहरू
यस पटक पनि सुवेदीले कोहलपुर उद्योग वाणिज्य संघको उपाध्यक्ष (उद्योग) पदमा उम्मेदवारी दिएका छन् । आफ्नो उम्मेदवारी दिएपछि उनले भनेका थिए, “व्यवसायीहरूको समस्या समाधान र उनीहरूलाई विकासको मार्गमा लैजान म यस प्यानलबाट उम्मेदवार बनेको छु ।”
बाँके जिल्लाको कोहलपुरले आर्थिक रूपमा ठूलो योगदान पुर्याउँदै आएको छ, तर निजी क्षेत्रले कोभिड-१९ को प्रभावका कारण धेरै चुनौतीहरूको सामना गरिरहेको छ । यस अवस्थामा बैंकको ब्याज दर, घरभाडा र अन्य आर्थिक समस्या व्यवसायीहरूको प्रमुख चिन्ता बनेको छ ।
सुवेदीले आफ्नो प्यानलले यी समस्याहरूको समाधानमा ध्यान दिने योजना बनाएको बताएका छन् । विशेष रूपमा, घरभाडा समस्याहरू समाधान गर्न र नगरमा देखिएका सवारी पार्किङ्ग समस्या हटाउन सम्बन्धित निकायहरूसँग छलफल गर्ने योजना छ । उनीहरूले व्यवसायहरूलाई बैंक, आयकर, भन्सार र वित्तीय संस्थासँग सम्बन्धित समस्याहरूको समाधान गर्न गहन तरिकाले काम गर्ने योजना बनाएका छन्।
व्यवसायिक चुनौतीहरूको समाधानमा योजना
सुवेदीको प्रमुख ध्यान व्यवसायिक चुनौतीहरूको सामना गर्न र व्यवसायिक वातावरणलाई सुधार्नमा छ । उनी भन्छन्, “व्यापार व्यवसायको अवस्था, व्यवसायीका चुनौतीहरू र औद्योगिक विकासका लागि विज्ञहरू बोलाएर वाणिज्य संघमा छलफल कार्यक्रम गर्ने हाम्रो योजना छ ।” उनले व्यवसायीहरूको समस्या समाधान गर्ने क्रममा नगरपालिकासँगको समन्वयलाई प्राथमिकता दिने बताए ।
उनको योजना अनुसार, व्यवसायीहरूको समस्या, चुनौती र सम्भावनाका विषयमा छलफल गर्नका लागि सम्बन्धित निकायलाई बोलाएर व्यापक रूपमा छलफल गर्ने कार्य हुनेछ । यसले व्यवसायीहरूको लागि स्पष्ट र प्रभावकारी नीति निर्माण गर्न मद्दत पुर्याउने उनको विश्वास छ । यसका साथै, उनले व्यवसायीहरूसँग प्रत्यक्ष रूपमा सम्बन्ध स्थापित गर्न र उनीहरूको समस्या नजिकबाट बुझ्नको लागि पनि छलफल गर्ने योजना बनाएका छन् ।
सही नेतृत्व र प्यानलको भरोसा
सुवेदीले आफ्नो प्यानललाई सही नेतृत्व गर्नेहरूको समूहको रूपमा व्याख्या गरेका छन् । उनी भन्छन्, “हामीले व्यवसायीहरूको हितका लागि काम गर्नका लागि दृढ प्रतिबद्धता गरेका छौं । सबैको साथ र सहयोगको अपेक्षा छ, र म विश्वस्त छु कि हामीले सबैको समर्थन पाउनेछौं ।” उनले थपे, “व्यवसायीहरूको हकहितको रक्षाका लागि हाम्रो प्यानलले बोलेर होइन, गरेर देखाउने छ ।”
सुवेदीको विचारमा व्यवसायीहरूको समस्या समाधान गर्न सही योजना र नेतृत्व आवश्यक छ । उनी व्यवसायिक कर व्यवस्थापनलाई नयाँ तरिकाले ल्याउन चाहन्छन् । उनको भनाइमा, “हामीले करलाई जबर्जस्तीले होइन, रहरले बुझ्नुपर्छ भन्ने सन्देश दिन चाहन्छौं । यसले व्यवसायीहरूको लागि कर व्यवस्थापनलाई सजिलो बनाउँछ र उनीहरूको करप्रतिको धारणा सकारात्मक बनाउँछ ।”
सुवेदीले कोहलपुर नगरपालिकालाई आर्थिक रूपमा समृद्ध बनाउनका लागि केन्द्रित भएर योजना बनाउने आफ्नो लक्ष्य राखेका छन्। उनी व्यवसायीहरूलाई आफ्नो समस्याको समाधानमा सक्रिय रूपमा सहभागी गराउन चाहन्छन् र त्यसको लागि ठोस कदम चाल्ने योजना बनाएका छन्।
सुवेदीले आफ्नो उम्मेदवारी व्यवसायीहरूको हकहितका लागि भएको बताउँदै आएका छन ।
२३ आश्विन २०८१, बुधबार १७:२८ प्रकाशित