गोरखा स्कुलमा शैक्षिक सामग्री प्रदर्शनी (फोटो फिचर)
  • काँचुली खबर

१३ असोज, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको गोरखा युनाइटेड पब्लिक स्कुलका विद्यार्थीद्वारा निर्मित विविध शैक्षिक सामग्री प्रदर्शन गरीएको छ ।

प्रदर्शनीमा नर्सरी देखि ३ कक्षासम्मका विद्यार्थी तथा शिक्षकद्वारा स्थानीय स्रोत साधनको प्रयोग गरी बनाइएका विभिन्न सामाग्रीहरु राखिएका थिए ।

“सिप सहितको शिक्षा,,संस्कार सहितको शिक्षा” भन्ने मुख्य उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको विद्यालयले जनाएको छ।

क्रियाकलापमा आधारीत शिक्षण विधि अहिलेको आवश्यकता भएको कार्यक्रम संयोजक ढुडीराज गिरीले बताए । गोरखा युनाईटेडले परिक्षा कसरी पास हुने भन्दापनि आफै गरेर सिक्ने कुरालाई ध्यान दिएको स्कुलका प्रिन्सिपल साधना थापाले बताईन ।

शिक्षकहरुले साथिको रुपमा सहजीकरण गर्ने विद्यार्थीलाई रमाइलो तरिकाले तनाव रहित सिकाई क्रियाकलापमा सहभागी गराउने कुरामा विद्यालयले जोड दिएको संयोजक गिरीले बताए ।

प्रदर्शनीमा विभिन्न थिममा आधारित गेमहरु, आर्ट एण्ड क्राफ्ट, स्थानीय पाठ्यक्रममा आधारित शैक्षिक सामाग्रीहरु राखिएका थिए । प्रदर्शनीबाट वालवालिकाले मासमा बोल्न सक्ने क्षमताको विकास, लिडरसिपको विकास तथा जिवन उपयोगी शिक्षा टेवा पुग्ने विद्यालयले जनाएको छ ।

शनिबार सम्पन्न प्रदर्शनीमा विद्यार्थीहरुले बनाएका सामाग्री हेर्न उल्लेख्य मात्रामा अभिभावकहरु विद्यालय पुगेका थिए ।

  • १३ आश्विन २०८१, आईतवार १९:१३ प्रकाशित
  • Nabintech