प्रथम शिवपुरी खुल्ला तेक्वान्दोमा बाँकेको बिजयी सुरुवात
  • काँचुली खबर

४ असोज, कोहलपुर । सुदूरपश्चिम प्रदेशको धनगढीमा संचालन भईरहेको प्रथम शिवपुरी खुल्ला फ्रेन्डसिप तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा बाँकेका खेलाडीहरुले बिजयी सुरुवात गरेका छन ।

असोज २ देखी ५ गतेसम्म संचालन हुने प्रतियोगीता अन्तर्गत महिला पुम्से तर्फ बाँकेकी संस्कृती गुरुङ र पुरुस पुम्से तर्फ बाँकेकै सुजल चन्द प्रथम र शुभम घर्ति दोस्रो हुन सफल भएका छन ।

धनगढी रंगशालामा संचालन भईरहेको प्रतियोगीतामा देशभरका ५५२ जना खेलाडी सहभागी भएका छन भने बाँकेबाट ७१ जना खेलाडी सहभागी भएको नेपाल तेक्वान्दो संघ बाँकेका अध्यक्ष प्रकाश लामिछानेले जानकारी दिए ।

आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई ८५ हजार, दोस्रोलाई ५० हजार र तेस्रोलाई ३० हजार नगद पुरस्कारको ब्यवस्था मिलाईएको छ ।

  • ४ आश्विन २०८१, शुक्रबार १५:३४ प्रकाशित
  • Nabintech