इनार सफा गर्ने क्रममा सुर्खेतमा दुई जनाको मृत्यु
  • काँचुली खबर

३ असार, सुर्खेत । सुर्खेतमा इनार सफा गर्नेक्रममा दुई जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका-११ पिपिरामा तोरण विकको घर आँगनमा इनार सफा गर्नेक्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरेन्द्रविर विश्वकर्माले जानकारी दिए।

सोमबार अपराह्न ४:२४ बजे इनार खन्नेक्रममा निस्सासिएर दुई जना बेहोस भएका थिए।

३२ वर्षीय विदुप्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी कँडेल बेहोस भएपछि कर्णाली प्रदेश अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याउन बित्तिकै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको हो।

उनिहरुको शवलाई अस्पतालमा राखिएको छ।

  • ३ असार २०८१, सोमबार १९:४२ प्रकाशित
  • Nabintech