२० मंसिर, नेपालगन्ज । नेपाल-भारतको दशगजा क्षेत्रमा जिर्ण अवस्थामा रहेका सीमा स्तम्भको मर्मत संभार कार्य शुभारम्भ गरिएको छ। बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपालका तर्फबाट मर्मत संभार गर्नुपर्ने ७१ वटा पिलरको मर्मत कार्यको शुभारम्भ गरेका हुन ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर वागेश्वरी बाँकेको आयोजनामा सीमा स्तम्भका मर्मत संभारको काम शुभारम्भ गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
भारतसँग जोडिएको बाँकेको सिमा क्षेत्रमा रहेको ६५१ (११) नम्बरको सीमा स्तम्भको मर्मत संभारको काम शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले यस अघि नापी बिभागबाट मर्मत संभारको कार्य हुने गरेकोमा २०७७ साउन १९ को मन्त्रीपरिषदको निर्णय अनुसार सो जिम्मेवारी शसस्त्र प्रहरी बलतर्फ सरेको जानकारी दिए । उनले शसस्त्र प्रहरी बलको जिम्मेवारी क्षेत्रमा आए पछि बाँकेमा पहिलो पटक सिमा स्तम्भको मर्मत संभारको काम शुरु भएको बताए ।
२० मंसिर २०८०, बुधबार १६:२० प्रकाशित