संचालनमा आउनेबेला बसपार्ककाे पिच भत्काउँदै नगरपालिका
  • काँचुली खबर

१४ साउन, कोहलपुर । तीस कराेड बढि लागतमा निर्माण गरीएकाे काेहलपुर बसपार्कमा आवश्यकताका सामान्य पुर्वाधार समेत निर्माण नगरीएकाे पाईएकाे छ । दुई दुई पटक उद्घाटन भएर पनि संचालनमा आउन नसकेकाे उक्त बसपार्कमा अहिले धमाधम पिच खन्ने काम भईरहेकाे छ ।

पुर्णरूपमा निर्माण सम्पन्न भएकाे भनिएपनि खानेपानिकाे लाईन बिस्तारकालागि भन्दै अहिले पुरानाे संरचना भत्काउने क्रम जारी छ । कुनै पनि योजना बनाउनुपुर्व त्यहाँ प्रयोग हुने आधारभुत आवश्यकतालाई मध्यनजर गरी याेजना सुरू गर्नुपर्छ । बिद्युत, खानेपानी, टेलिफोन, ईन्टरनेटका जस्ता आधारभुत आवश्यकतालाई समेटेर संरचना निर्माण गर्नुपर्नेमा आयाेजना निर्माण सम्पन्न पश्चात पुन भत्काएर कुरुप पार्ने काम काेहलपुर बसपार्कमा भईरहेकाे छ ।

पश्चिमी नेपालकै अत्याधुनिक भनेर प्रचार गरीएकाे काेहलपुर बसपार्कमा पानिकाे पाईप विस्तार गर्न चुकेकाे नगरपालिकाले अहिले पुन पानीका लागि भन्दै पिच खन्न थालेपछि चाैतर्फि आलोचना हुन थालेकाे छ ।

टेण्डर प्रक्रियाबाट बसपार्कभित्र ब्यवसायकालागि सटर लिएका ब्यवसायीहरूले बसर्पाकमा खानेपानीको व्यवस्था नभएकाे भन्दै बिरोध जनाएपछि नगरपालिकाले उपभोक्ता समिति गठन गरी रु. १० लाख बजेटमा खानेपानीको व्यवस्थापन गर्न लागेको हो ।

संरचना बनाउदा सामान्य बिषयलाई नजर अन्दाज गरिदा जनताको करको समेत दुरुपयोग बढ्दै गएको कोहलपुर नगरमा बनिसकेको संरचना भत्काउदा १० लाख खर्च गर्नुपर्ने अबस्था ल्याउने दोषि को हो, नगर विकास कि नगरपालीका ? भन्दै सामाजिक सञ्जालमा समेत चर्को बिरोध भईरहेकाे छ ।

स्मरण रहोस यस अघि समेत कोहलपुर बिच बजारमा अदालतमा समेत मुद्धा रहेको योजनामा बनेका बोटबिरुवाहरु उखेलेर फालिएको थियो भने त्यस स्थानमा फलामका बार बनाएर मृत्युमार्ग समेत निर्माण भईसकेको छ । यस मार्गमा कुनै दुर्घटना भए त्यहि बारका कारण कयौंले ज्यान गुमाउने जाेखिम बढ्दै गएकाे छ । महिनादिन अघि त्यसै ठाउमा भएको बाईक दुर्घटनामा १ जनाले ज्यान गुमाईसकेका छन ।

  • १४ श्रावण २०८०, आईतवार ०९:१८ प्रकाशित
  • Nabintech