४ साउन, कोहलपुर । निर्वाचनको तयारीम रहेको कोहलपुर खानेपानी संस्थाको नाम एकाएक बदलिएको छ । कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता उपभोक्ता संस्थाको नामबाट बि.सं. २०५८ सालमा संचालनमा आएको उक्त संस्थाको नाम अनिधिकृत रुपमा बदिलिएको हो ।
गत जेठ २ गते सम्पन्न संस्थाको आठौं वार्षिक साधारण सभा तथा अधिवेशन अघिसम्म संस्थाको पुरानै नाम प्रचलनमा रहँदै आएको थियो । तर एकाएक “साना शहरी”को ठाँउमा “बृहत्त शहरी” शब्द प्रयोग गरीएपछि संस्थाका आम उपभोक्ताहरु सशंकित भएका छन ।
संस्थाको नयाँ नेतृत्व चयनकालागि यहि साउन १२ गते निर्वाचन हुने गरी तालिका सार्वजनिक भईसकेको छ । तर निर्वाचनको चरणमा प्रवेश गरीसकेको संस्थाको कार्यालयमा राखीएको बोर्ड र निर्वाचन अधिकृत टिकाराम ढकालद्धारा जारी गरीएको निर्वाचन सम्बन्धि कागजपत्रमा संस्थाको नाम फरक-फरक राखिएको छ । निर्वाचन अधिकृतको कार्यकक्षमा टाँगिएको बोर्डमा समेत संस्थाको नाम फरक राखीएको छ ।
निर्वाचन अधिकृतको कार्यालयमा ‘कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उभोक्ता संस्था’ लेखिएको बोर्ड टाँसिएको छ भने निर्वाचन अधिकृतले प्रयोग गरि प्रमाणिकरण गर्ने कागजातमा ‘कोहलपुर बृहत शहरी खानेपानी तथा सरसफाई उभोक्ता संस्था’ लेख्दै निर्वाचन कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।
संस्थाको नामको विषयमा साधारणसभामा समेत कुरा उठेको थियो । साधारणसभामा प्रयोग गरीएको ब्यानरमा समेत पुरानो नाम हटाएर आफुखुसी संस्थाको नाम बदलिएको भन्दै उपस्थित सदस्यहरुले चर्को आलोचना गरेका थिए ।
निर्वाचन अधिकृत ढकालले ३ गते प्रकाशन गरेको निर्वाचन कार्यक्रममा ‘कोहलपुर बृहत शहरी’ भन्दै निर्वाचन तालिका सार्वजनिक गरेका छन भने मतदाताहरुको नामावलीमा समेत ‘बृहत शहरी’ नै उल्लेख गरेका छन । साधारणसभाबाट बहुमतले अस्विकृत नाम किन प्रयोगमा ल्याईएको हो र बोर्डमा ‘साना शहरी’ नै किन राखेको हो भन्ने बारे राजनैतिक दलका नेताहरुले समेत जवाफ दिन अस्विकार गरेका छन । स्मरण रहोस संस्थाको लागोमा समेत ‘कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उभोक्ता संस्था’ नै लेखिएको छ ।
साधारणसभाबाट पारीत नभएको विषय राखी अभिलेख गर्दा भोलि कानुनी जटिलता र बैधानिकतामाथि प्रश्न आउन सक्ने कानुनबिदहरुले औंल्याएका छन । अधिवक्ता पुर्ण ढकालले यस्ता कुराहरुमा चनाखो भएर काम नगर्ने हो भने असन्तुष्ट पक्षहरु अदालतसम्म जान सक्ने स्थिती सिर्जना हुन सक्ने बेलैमा भएकाले समयमै सच्चाएर चुनावमा जान सुझाव दिएका छन ।
४ श्रावण २०८०, बिहीबार १८:१९ प्रकाशित