२२ असार, कोहलपुर । कोहलपुर खानेपानी संस्थाका कामचलाउ अध्यक्ष नर बहादुर मल्लले आफु बिरुद्ध अन्याय भएको भनि दायर गरेको मुद्धामा अदालतले अन्तरीम आदेश दिन अस्विकार गरेको छ । मल्लले खानेपानी संस्थाका कार्यालय प्रमुख सुरेन्द्र कुमार दसौंदिसहित १० जनालाई बिपक्षी बनाई उच्च अदालत नेपालगन्जमा मुद्धा हालेका थिए ।
अदालतको फैसलासँगै कोहलपुर खानेपानी संस्थाको निर्वाचन गर्ने बाटो खुलेको छ । पुर्व निर्धारित निर्वाचन कार्यक्रम अनुसार खानेपानीको निर्वाचन असार २७ गते हुनेछ । तर निर्वाचन अधिकृतले निर्वाचन कार्यतालिका हेरफेर हुन सक्ने संकेत गरेका छन ।
कोहलपुर नगरपालिकामा रहेको कोहलपुर वृहत शहरी खानेपानी उपभोक्ता संस्थाको आठौं वार्षिक साधारण सभा तथा अधिवेशनमा कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिबेदनमाथि सभामा उपस्थित सदस्यहरुले अविश्वास प्रकट गरेपछि हिसाब छानविन गर्न एक छानबिन समिती गठन भएको थियो ।
उक्त छानविन समितीले कोहलपुर खानेपानीको कार्यालयमा बसी हिसाब किताब हेर्ने क्रममा आफुलाई कार्यालयमा छिर्न नदिई कामकाज गर्न समेत बाधा पुर्याएको भन्दै संस्थाका तत्कालिन अध्यक्ष नर बहादुर मल्लले कार्यालय प्रमुख दसौदि, छानबिन समितीका संयोजक हर्क बहादुर बुड थापा र कोहलपुर क्षेत्रका राजनैतिक दलहरुलाई समेत बिपक्षी बनाई अन्तरिम आदेशका लागि उच्च अदालत तुल्सिपुर नेपालगन्जमा मुद्धा दर्ता गराएका थिए ।
७ वर्षदेखि साधारण सभा हुन नसकेको कोहलपुर वृहत शहरी खानेपानी उपभोक्ता संस्थाको आठौं वार्षिक साधारण सभा तथा अधिवेशनमा आर्थिक अपचलन भएको ठहर गरि गठित छानविन समितीले समेत मिलेमतोमै भ्रष्टाचार गर्न उद्यत तत्कालिन अध्यक्ष मल्लको कार्यसमितीले खानेपानी संस्थामा चरम आर्थिक अपचलन भएको आशयको प्रतिबेदन सार्वजनिक गरेको थियो ।
तत्कालिन कार्यसमितिले विभिन्न बहानामा आफुखुसी भत्ता बाडेको भेटिएको थियो । यसका साथै समितीका पदाधिकारी तथा सदस्यहरुको जिवन बिमा गर्नुुका साथै बिना प्रयोजन ७ देखि ८ लाखसम्म पेश्कि लिएको पाईएको थियो । यसैगरी बिधान संसोधन बैठक भत्ताका नाममा २ लाख ३४ हजार, दशैं पेश्कि भनेर ३ लाख, कर्मचारी पदपुर्ति समति भत्ता ३ लाख, कर्मचारी बढुवा समिती भत्ता १ लाख ११ हजार एक सय पचास, आन्तरीक कर्मचारी बढुवा उप समिती भत्ता ५२ हजार पाँच सय, ईन्धन सुबिधा ६ लाख ३८ हजार सात सय पचास रुपैयाँ खर्च गरेको पाईएको प्रतिवेदन सार्वजनिक भईसकेको छ ।
२२ असार २०८०, शुक्रबार १७:४७ प्रकाशित