साङ्लाेमा बाँधिएका मनाेराेगी युवाकाे मानवसेवा आश्रमद्वारा उद्दार
  • काँचुली खबर

२१ असार, बर्दिया । बर्दियाकाे गुलरिया ५ बाट एक मनोरोगी युवाको उद्धार गरीएकाे छ । बिगत ५-६ वर्ष देखि मनोसामाजिक समस्याबाट ग्रसित २७ वर्षीय ओम प्रकाश थारुकाे उद्दार गरीएकाे हाे । उपचारकालागि आर्थिक आभाव भएकाले थारूलाई केहि महिना देखि घरमै फलामे साङ्लोमा बाँधेर राखिएको थियो ।

स्थानियहरुकाे गुनासाे पछि घरमै फलामे साङ्लोले बाँधी बन्दक गराई राखेका थारूकाे उद्दारकालागि मानवसेवा आश्रमको टोली बर्दिया पुगेको थियो । केहि समय अवस्था अवलोकन गरि उनलाई गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतम, गुलरिया नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष मुम बहादुर मल्ल, स्थानिय समाजसेवी कल्पना नेपाल तथा हरि प्रसाद चौधरी र स्थानियवासीको रोहवरमा थारुलाई उद्दार गरी मानवसेवा आश्रम नेपालगंज ल्याईएकाे थियाे । उनलाई मनोचिकित्सकको सल्लाह बमोजिम औषधि उपचार सुरु गरीएको मानवसेवा आश्रम बाँके जिल्ला संयोजक उर्विन सापकोटाले जानकारी दिए ।

आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर तथा सडकआश्रित मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन र उनीहरुको दीगो व्यवस्थापन गर्दै आइरहेको छ ।  २०७९ बैशाख १ गतेबाट सेवा संचालन गरेकाे आश्रममा अहिले ४ बालबालिका, ५ महिला, ३६ पुरुष गरि जम्मा ४५ जना बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडकआश्रित मानवहरुलाई आश्रय दिईएकाे सापकोटाले जानकारी दिए ।
  • २१ असार २०८०, बिहीबार २०:२० प्रकाशित
  • Nabintech