बलात्कार मुद्धामा एमाले सांसद बानियाँ पक्राउ
  • काँचुली खबर

नेकपा एमालेबाट निर्वाचित सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका छन् । बानियाँलाई काठमाडौंबाट फर्किदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बानियाँले बलात्कार गरेको भन्दै ४० वर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन् । उनकै उजुरीको आधारमा बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

बानियाँले भने आरोप झुट भएको भन्दै बचाउ गर्दै आएका थिए ।

बलात्कार मुद्धामा एमालेका संसाद बानियाविरुद्ध जाहेरी

  • १६ फाल्गुन २०७८, सोमबार २१:३१ प्रकाशित
  • Nabintech