१८ बैशाख २०८१, मंगलवार
देशको राष्ट्रियता अझै पनि खतरामा -पूर्व प्रधानमन्त्री खनाल
  • काँचुली खबर

नेकपाका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशको राष्ट्रियता अझै पनि खतरामा रहेको बताउनुभएको छ ।

कार्ल माक्र्स द्विशतवार्षिकी समारोहको प्रादेशीक गोष्ठिको नेपालगन्जमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री झलनाथ खनालले अझै पनि नेपालका सिमाना स्पष्ट नभएको, कालपानी जस्तो नेपालको भुगोललाई ठोकुवाका साथ नेपालको हो भन्न नसकिरहेको अबस्था रहेको बताउनुभयो । देशको राष्ट्रियता बचाउनका लागी अहिलेको सरकारको काधमा ठुलो जिम्मेवारी आईरहेको बताउँदै खनालले राष्ट्रियता बचाउने सवालमा सम्पुर्ण कम्युनिष्टहरु एक हुन जरुरी रहेको बताउनुभयो ।

 

अहिलेको संबिधान अझै पनि अन्तिम नभएको बताउँदै नेता खनालले शमय र माग अनुसार संबिधानलाई परिमार्जित गर्दै लैजान सकिने बताउनुभयो । संबिधानलाई अझै बिकसित गर्दै लैजानुपर्ने बताउँदै खनालले संबिधान निर्माणकै कामले दुई पार्टि एक भएको उल्लेख गर्नुभयो । नेता खनालले पुजीबाद सवैलाई पढ्न आग्रह गर्नुभयो । पुजीवादको अन्त्य गरेमात्र देशको समृद्धी कायम हुने उहाँले बताउनुभयो । कम्युनिष्ट विकासित हुन नसकेको देश पछाडी परेको उहाँले भन्नुभयो । यो संविधान अन्तिम होइन यस संविधानका प्रावधानका कुरा परष्किृट गर्नु पर्ने र समाजबादसम्म पुग्ने राजमार्ग तयार गर्नुपर्ने उहाँले धारणा राख्नुभयो । यस्तै प्रदेश नम्बर पाँचका संयोजक एवम् नेकपाका नेता ठाकुर गैरेले नेपालको मेचि देखि महाकालीसम्म माक्र्सबादको प्रचार गर्ने माक्र्सबादको अध्ययन अध्यापन गर्ने माक्र्सबादको बारेमा बहस छलफल गर्ने अन्र्तक्रिया गर्ने गरिएको बताउनुभयो । उहाले भने माक्र्सबादको बिचारबाट नेपलाको समृद्धी, बिकास र सार्बभौमिक अखण्डता गर्न सकिने हुदा माक्र्सका बिचारहरु प्रबाह गर्नका लागी यहाँसम्म आएको कार्लमाक्स द्धिसतबार्षिकी समारोह समितिका संयोजक ठाकुर गैरेले बताउनुभयो ।

मुख्य प्रशिक्षकका रुपमा नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले नेपालको कम्युनिष्ट आन्दोलन बिकास क्रम बारे आफनो प्रस्तुति राख्नेछन । यसैगरी नेकपाका स्थायि समिति सदस्य तथा कार्लमाक्स द्धिसतबार्षिकी मुल समारोह समितिका केन्द्रिय संयोजक घनश्याम भुषाल, कार्लमाक्स द्धिसत-बार्षिकी मुल समारोह समितिका सह-संयोजक राम कार्कीको पनि विषयगत प्रस्तुति रहने छ ।

कार्लमाक्स र माक्सबादका विषयमा नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा माक्सवाद विचारका अध्येता प्रदिप गिरीले पनि प्रशिक्षण दिनेछन भने माक्सवाद र विज्ञानका बारेमा गणेश शाहले प्रशिक्षण दिने कार्यतालिका रहेको छ । संयोजक गैरेका अनुसार पाँच नम्बर प्रदेशका एक हजार ब्यक्तिहरुको गोष्ठिमा सहभागीता रहनेछ ।

  • २२ असार २०७५, शुक्रबार १७:११ प्रकाशित
  • Nabintech