लुम्बिनी प्रदेशको बाँके जिल्ला अन्तर्गत रहेका ८ वटा पालिकाका ८१ वडा मध्ये शनिबार ७० वडामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न भएका छन भने, ११ वटा वडामा स्थगित भएको छ ।
खजुरा गाउँपालिकामा ८, जानकीमा ६, बैजनाथमा ८, डुडुवामा ६, नरैनापुरमा ६, राप्तिसोनारीमा ९, कोहलपुर नगरपालिकामा १५ र नेपालगन्ज उपमहानगरपालिकामा २३ वटा वडा रहेका छन ।
जसमध्ये, खजुरा गाउँपालिकाको ८ वटै वडा, जानकीको ६ वटै वडा, बैजनाथको ७ वटा वडा, डुडुवाको ३ वटा, नरैनापुरको ६ वटै वडा, राप्तिसोनारीको ७ वटा, कोहलपुरको १३ वटा वडा र नेपालगन्जको २० वटा वडा गरी कुल ७० वटा वडामा आज अधिवेशन सम्पन्न भएको नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष आइपी खरेलले जानकारी दिए ।
अध्यक्ष खरेलका अनुसार, बैजनाथको एउटा, डुडुवाको तीनवटा, कोहलपुरको दुईवटा, राप्तिसोनारीको दुईवटा र नेपालगन्जको तीनवटा गरी ११ वटा वडाका अधिवेशन आज प्राबिधिक कारणले गर्दा स्थगित भएका छन । स्थगित भएका वडामा मंसिर ६ गतेसम्म अधिवेशन सम्पन्न गरिने उनले जानकारी दिए ।
४ मंसिर २०७८, शनिबार २१:४८ प्रकाशित