बाँकेकी एक महिलाले राप्ती नदिमा कुदेर आफ्नो देश त्याग गरेकी छन । राप्ती सोनारी गाउँपालिका वडा नम्बर-३ साहीपुरकी २० वर्षीया दिपा थारुले अगैया स्थित सिक्टा सिँचाईको बाँधबाट गएराति २ बजे हाम फालेर देह त्याग गरेकी हुन् ।
आईतबार साँझ छिमेकी गाउँमा पूजा भईरहेको भन्दै गीताका श्रीमान जोगीराम थारुले साथीहरुसँग पूजामा जानलाग्दा दिपाले नजान आग्रह गरेपछि श्रीमान-श्रीमतीवीचमा सामान्य झगडा भएको पारिवारिक श्रोतले जनाएको छ । गीताका श्रीमान अटेरी गरेर पूजामा गएपछि दिपा घरबाट निस्किएर अगैया पुलमा छु भन्दै श्रीमानलाई फोन गरेर लिन बोलाएको र श्रीमान तुरुन्त मोटरसाईकल लिएर जाँदा श्रीमानको आँखा अगाडी पुलबाट हाम फालेको दिपाका श्रीमानसँग गएका प्रत्यक्षदर्शीहरुले बताएको राप्ती सोनारी-३ का वडाअध्यक्ष गंगाराम थारुले जानकारी दिए ।
दिपाले नदीमा हाम फालेसँगै उनका श्रीमानले बचाउनका लागि पुलको ढोकामा लगाईएको फलामको डोरीको सहायताले पानीमा पसेर खोजेपनि दिपा नभेटिएपछि सोमबार विहान स्थानीयबासी र प्रहरीले उनको शव निकालेको वडा अध्यक्ष थारुले बताए ।
दिपा साढे ८ महिनाकी गर्भवती रहेको बताईएको छ । घटनापछि अनुसन्धानका लागि दिपाका २३ वर्षीय श्रीमान जोगीराम थारुलाई नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । दिपाको शव भेरी अस्पताल नेपालगन्जमा पोष्टमार्टम गरिसकेपछि परिवारलाई बुझाईने र घटनाको थप अनुसन्धान ईलाका प्रहरी कार्यालय कोहलपुरबाट हुने डिएसपी मधुसुदन न्यौपानेले बताए ।
९ कार्तिक २०७८, मंगलवार १९:२९ प्रकाशित