नेपालगन्जमा पहिलो मात्राको कोरोना बिरुद्धको खोप लगाएका नागरिकहरूलाई दोश्रो मात्राको खोप लगाइने भएको छ । नेपालगन्ज उपमहानगरपालिका भित्रका २३ वटै वडामा कोरोना बिरुद्धको भेरोसेल नामक खोपको दोश्रो मात्राको डोज यहि कार्तिक १० र ११ गते लगाइने भएको हो ।
गत असोज ११, १२ र १३ गते भेरोसेल खोपको पहिलो मात्रा लगाएका नगर भित्रका ४५ बर्ष माथिका नागरिकलाई यहि कार्तिक १० र ११ गते दोश्रो मात्राको खोप लगाइने नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।
प्रत्येक वडामा एक/एक वटा खोप केन्द्र संचालन गरिने र उक्त केन्द्रमा पहिलो मात्राको खोप लगाएका नागरिकहरूले खोप लगाएको कार्ड अनिवार्य रुपमा लगेर खोप लगाउन जानुपर्ने स्वास्थ्य शाखा प्रमुख चन्दले जानकारी दिए ।
८ कार्तिक २०७८, सोमबार १८:४९ प्रकाशित