कोहलपुरका एक कोरोना संक्रमित पुरुषको भेरीमा मृत्युु
  • काँचुली खबर

कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० का एक पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
वलीका अनुसार कोहलपुर १० का ३६ बर्षिय कोरोना संक्रमित ती पुरुषको बुधबार बिहान ६:३० बजे नेपालगन्जको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक व्यक्तिलाई असोज २४ गते कोरोना संक्रमण पुष्टि भएको र २४ गतेदेखि नै भेरी अस्पतालमा भर्ना गरी उपचार शुरु गरिएको थियो ।
योसङ्गै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६२ पुगेको छ । जसमध्ये, बाँकेका ३३७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाबाट उपचार गराउन आई मृत्यु हुनेको संख्या ४२५ पुगेको छ ।

  • ३ कार्तिक २०७८, बुधबार ०८:०८ प्रकाशित
  • Nabintech