१८ बैशाख २०८१, मंगलवार
लगातारको वर्षाले बाँकेमा करोडौं मुल्यको धानबालीमा क्षती
  • काँचुली खबर

अबिरल वर्षाले बाँकेमा करोडौं मुल्य बराबरको धानबालीमा क्षती पुगेको छ । बेमौसमी पानीका कारण जिल्लामा २० प्रतिशत बढि धानमा क्षती पुग्ने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

बाँकेमा रोपिएको धानमध्ये काट्न बाँकी ४० प्रतिशत जति धान हावा र पानिका कारण खेलमै ढलेका छन । लगातरको वर्षा नरोकीएकाले धान बालिमा पुगेको क्षतिको पुर्ण जानकारी आउन केही दिन लाग्ने ज्ञान केन्द्रका कृषि अधिकृत दिनेश भट्टराईले जानकारी दिए । बाँकेमा ३६५०० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुँदै आएको छ ।

आइतबार देखि तगातार आइरहेको पानीले गर्दा किसानले लगाएको धान बालिमा ठुलो नोक्सानी पुगाएपछि किसानहरु चिन्तित बनेका छन । पिडित किसानहरुका लागी स्थानिय, प्रदेश तथा संघिय सरकारले राहतका कार्यक्रम तत्काल ल्याउन आवश्यक रहेको स्ंवयम किसानहरुले माग गरेका छन । किसानका धान यो बेला खेतबारीमै उम्रिने तयारीमा छन ।

अधिकांश क्षेत्रमा धान पानिमा ढुवेको छ त्यसमाथि ढलेका छन । पानि धान र माटो सगैं भएको हुदाँ एक दुई दिनमै धान उम्रन थाल्ने किसानहरुले दुखेसो पोखे । करोडौ मुल्य बराबर पर्ने धान यो वर्ष किसानले विक्रि गर्न नपाउने भएका छन । भिजेको धान हौसिन लागेकाले उक्त धान व्यापारिले खरिद नगर्ने हुदाँ किसानलाई थप मार पर्ने निश्चत जस्तै बनेको छ ।

  • २ कार्तिक २०७८, मंगलवार १९:१६ प्रकाशित
  • Nabintech