गृहनगर नेपालगन्ज आएका लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाललाई भब्य स्वागत गरिएको छ । मन्त्रीमा नियुक्त भएपछि उनी पहिलो पटक सोमबार (आज) नेपालगन्ज आएका हुन् । काठमाडौंबाट स्थलमार्ग भएर बुटवल हुदैँ नेपालगन्ज आएका मन्त्री हमाललाई सोमबार बाँकेका विभिन्न ठाउँमा शुभेच्छुक तथा नेपाली काँग्रेसका नेता, कार्यकर्ताले स्वागतसँगै बधाई दिएका हुन् ।
मन्त्री हमाल आइतबार बेलुका बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर-१ कुसुमस्थित आफन्त कहाँ बसेका थिए ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-२ घरबारीटोल निवासी ओलम्पियन हमाल नेपाली काँग्रेसको तर्फबाट बाँके प्रदेश सभा-२ (ख) बाट निर्वाचित भएका थिए । उनी गृहनगर नेपालगन्जमा करिव एक हप्ता रहने बताइएको छ । यसबीच उनी विभिन्न कार्यक्रम, भेटघाटमा सहभागि हुनेछन् ।
१ कार्तिक २०७८, सोमबार १८:०५ प्रकाशित