लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा (हिमाल)ले मुगु दुर्घटनाका घाईतेहरुसँग भेट गरेका छन । प्रदेश मन्त्रीमा नियुक्ति पछि पहिलो पटक गृहजिल्ला बर्दिया जाने क्रममा मन्त्री शर्माले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराईरहेका घाईतेहरुलाई भेट्न पुगेका हुन ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बर्दिया जिल्ला इन्चार्ज समेत रहेका मन्त्री शर्माले अस्पतालमा उपचाररत बिरामीहरूलाई हौसला दिएका छन । घाईतेहरुसँगको भेटका क्रममा मन्त्री शर्माले मेडिकल कलेजका प्रबन्ध संचालक डा. सुरेश कुमार कानोडियासँग घाईते बिरामीहरूलाई आवस्यक उपचारमा कुनै पनि कमी हुन नदिन निर्देशन समेत दिएका छन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यसैबिच मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला आएका शर्मालाई नेकपा माओवादी केन्द्र बर्दिया जिल्ला अध्यक्ष भवन कुमार चौधरी, जिल्ला सचिवालय सदस्य एवं बढैयाताल इन्चार्ज राधा आचार्य (बबिता) लगायतका नेता तथा कार्यकर्ताले बाँसगढीमा स्वागत तथा सम्मान गरेका छन् । मन्त्री शर्माले बर्दियाको गुलरीयामा रहेको सहिद पार्कमा रहेको सहिद स्तम्भमा माल्यार्पण गर्ने कार्यक्रम रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।
२७ आश्विन २०७८, बुधबार १५:०७ प्रकाशित