साहारा विहीन परियारलाई उपचारमा समस्या
  • काँचुली खबर

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ बुचापुरकी ६५ वर्षीय पिमकली परियारको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । लामो समय देखि कलेजोको समस्याका कारण थला परेकी परियार पछिल्लो समय खुट्टा भाँचिएपछी थप समस्यामा परेकी छिन ।

सानो झुपडीमा एक अपांगता भएका नातीको सहारामा बसेकी परियारलाई दैनिक छाक टार्न समेत मुस्किल परिरहेक बेला उनको खुट्टाको अप्रेसन गर्नुपर्ने समस्याले झन पिरोलेको छ । ‘घरमा खाने चामलको गेडा छैन तर अप्रेसन गर्न डाक्टरले ३० हजार लाग्छ भनेका छ्न, कहाँबाट पैसा ल्याएर बाँच्ने’ पिमकलीले भनिन ।

केहि समय छोरी ज्वाईंले उपचार गरे पनि थप अप्रेसन गर्नुपर्ने समस्या उनका लागि चुनौतीपूर्ण बनेको छ । श्रीमान तथा छोराहरू गुमाइसकेकी परियार ओछ्यानबाट उठन समेत सक्दिनन् । परियारको कुनै पनि जग्गा जमिन तथा आम्दानीको श्रोत नभएकाले उपचारमा समस्या देखिएको हो ।

एक अपांगता भएका नाति समेत पिमकलीकै सहरामा थिए । हजुर आमा बिरामी भएपछि नातीको भविस्य समेत अन्यौल बनेको छ । परियारले आफ्नो उपचारमा सबैलाई सक्दो सहयोग गरिदिन आग्रह गरेकी छिन ।

  • २२ आश्विन २०७८, शुक्रबार २०:३९ प्रकाशित
  • Nabintech