ओलीले भाषण गरीरहँदा निदाए नेता-कार्यकर्ता
  • काँचुली खबर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रथम विधान महाधिवेशन शुक्रबारदेखि गोदावरीस्थित सनराइज हलमा सुरु भएको छ । देशभरका करिब ६ हजार प्रतिनिधि सहभागी भएको विधान अधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

त्यसक्रममा कतिपय नेता कार्यकर्ताले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनलाई चासो दिएर सुुनिरहेका थिए । तर कतिपय प्रतिनिधिलाई ओलीको प्रतिवेदनमा वास्ता थिएन । कतिपय प्रतिनिधि भने हलमै निदाइरहेका थिए । रुघाखोकीका कारण समस्या भएकाले ओलीले बोल्न गाह्रो भएपछि शंकर पोख्रेललाई जिम्मा दिएका थिए ।

३ दिने विधान महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारीसहित सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै सदस्य, जिल्ला कमिटीका प्रतिनिधि, संघ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसंगठन र पेसागत संगठनहरूबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका संघसंगठनहरूबाट चुनिएका प्रतिनिधि, पार्टी केन्द्रबाट विधानबमोजिम मनोनीत सदस्यहरू गरी ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी छन ।

३ हजार क्षमताको हलमा ६ हजारभन्दा धेरै मान्छे अटाउने गरी व्यवस्थापन गरिएको छ । मुख्य हलमा ३ हजार, दायाँबायाँको खाली हलमा १र१ हजार, प्यासेजहरुका माथिल्लो खाली भागमा टेन्ट टाँगेर १ हजार जना अटाउने गरी हल तयार गरिएको छ । महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र संगठन विभागको तर्फबाट उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् । कान्तीपुरबाट

  • १५ आश्विन २०७८, शुक्रबार १९:५६ प्रकाशित
  • Nabintech