अथकसहित माओवादीबाट ४ जना मन्त्री हुँदै
  • काँचुली खबर

नेकपा माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीले ५ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको हो ।

माओवादी केन्द्रले यसअघि मन्त्री नभएकालाई सरकारमा पठाउने तयारी गरेको छ । अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल मन्त्री भइसकेका छन् । माओवादीबाट तीन मन्त्री र एक राज्यमन्त्री थप्ने तयारी छ ।

एक नेताका अनुसार सरकारमा सहभागी हुने मन्त्रीमा यसअघि मन्त्री नभएका सांसदले अवसर पाउने भएका छन् । एक स्थायी समिति सदस्य देवेन्द्र पौडेल मन्त्री हुने पहिलो लिस्टमा छन् ।

उनी लगभग मन्त्री हुने निश्चित भइसकेको छ । त्यस्तै माओवादीबाट अञ्जना विशंङखे र शशी श्रेष्ठमध्ये एक जनालाई सरकारमा पठाउने तयारी रहेको छ ।

सबै समुदाय र भूगोलको प्रनिधित्व गराउनुपर्ने भएकाले सुदन किराती, महेश्वर गहतराज ‘अथक’ लाई पनि मन्त्री बनाउने माओवादीको तयारी छ ।

यसअघि मन्त्री भइसकेका नेताबाट सरकारमा गएमा स्थायी समिति सदस्य हरिबोल गजुरेल, मातृका यादव र देव गुरुङ हुन सक्नेछन् ।

  • १२ आश्विन २०७८, मंगलवार १७:५८ प्रकाशित
  • Nabintech