बाँकेका युवायुवतीको माग : निःशूल्क ‘सेनिटरी प्याड’
  • काँचुली खबर

बाँकेमा निःशूल्क सेनिटरी प्याड अभियान संचालन गरीएको छ । जिल्लाका अगुवा युवा-युवतीहरुको सक्रियतामा मंगलबारदेखी अभियान सुरु गरीएको हो । अभियानको पहिलो दिन सेनेटरी प्याडमा भएको मुल्य वृद्धिको विराधमा नेपालगन्जमा बिरोध प्रदर्शन गरिएको छ ।

‘स्वास्थ्य क्षेत्रमा हाम्रो योगदान, निःशूल्क सेनेटरी प्याड अभियान’ भन्ने नारासहित उनीहरुले वीपी चोकबाट र्याली निकालेका थिए । र्यालीसहित उनीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी, नेपालगन्ज उपमहानगरपालिकाका मेयर तथा उपमेयरलाई ज्ञापन पत्र बुझाइएको अभियान्ता कृतिका आचार्यले जानकारी दिईन ।

किशोरी अभियानमा क्रियाशील विभिन्न संघसंस्थाको आयोजनामा विरोध र्याली प्रदर्शन भएको हो । महिनावारी मैत्रीवातावरण बनाउन सरकारलाई दवाव दिने उद्देश्यले जिल्लाका युवाहरुले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले कण्डम जस्तै सेनिटरी प्याडलाई पनि निःशूल्क गराउनु पर्ने माग राखेका थिए । पछिल्लो पटक सरकारले सेनिटरी प्याडमा कर बढाएको भन्दै उनीहरु सडकमा आएका हुन् ।

  • १२ आश्विन २०७८, मंगलवार १६:४२ प्रकाशित
  • Nabintech