नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको अधिवेशन सुरु
  • काँचुली खबर

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको बाँके जिल्ला अधिवेशन नेपालगन्जमा सुरु भएको छ । नेकपा माओवादीको भातृसंगठनका रुपमा रहेको संगठनको तेश्रो जिल्ला अधिवेशन शनिबारदेखी नेपालगन्जमा सुरु भएको हो ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने वर्तमान अध्यक्ष बसन्त लामिछानेले जानकारी दिए ।

अधिवेशनको उद्घाटन शत्रमा बोल्दै कृषि भूमि तथा प्राकृतिक श्रोत समिति संयोजक तथा संघिय सांसद पूर्णा सुवेदीले नयाँ आउने नेतृत्वले व्यवसायीको हितमा काम गर्ने भएकाले मिलेर अघि बढ्न सुझाव दिइन् ।

त्यसैगरी बाँके क्षेत्र नम्बर-१ का साँसद महेश्वर गहतराज अथकले पनि सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्न सुझाव दिएका छन । पदमा पुगेपछि काम गर्नुपर्ने भएकाले पदका लागि मात्र नेतृवमा दावी नगर्न उनले सुझाव दिएका छन ।

बाँकेको ८ वटै पालिकामा संजाल बिस्तार गरीसकेको संगठनको भावि नेतृत्वका लागि लुम्बिनी गार्मेन्टका सञ्चालक टंक धामी र होटेल ग्यालेक्सी दरबारका सञ्चालक तेजबहादुर रेग्मीबीच प्रतिस्पर्धा देखिएको छ ।

  • ९ आश्विन २०७८, शनिबार १८:३९ प्रकाशित
  • Nabintech