१८ बैशाख २०८१, मंगलवार
बाँकेमा बाढिले बगाउँदा २ नाबालक सहित ४ को मृत्यु
  • काँचुली खबर

मृतक तुला बुढाको घरमा साँसद खरेल  र सुनार ।

 

अविरल वर्षासँगै आएको बाढिका कारण बाँकेमा ४ जनाले ज्यान गुमाएका छन । आईतबारदेखि निरन्तर परेको पानीले स्थानिय नालाहरुमा बाढि आउँदा २ नाबालकसँगै चार जनाको ज्यान गएको हो । लामो खडेरीपछि पानी आएको खुसीयालीमा घर नजिकैको नालामा नुहाउन गएका बैजनाथ गाँउपालिका-५ का लोकबहादुर सुनारको नालीमा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ३५ वर्षिय सुनारको घर नजिकैको नालामा शव भेटिएको थियो ।
त्यसैगरी वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा वैजनाथ गाउँपालिका-३ का ७२ वर्षीय तुला बुढाको पनि मृत्यु भएको छ । स्थानिय नाला तर्ने क्रममा बुढा भेलमा परेका थिए । घटनालगत्तै स्थानिय तथा प्रहरी प्रशासनले बुढाको खोजी सुरु गरेपनि ५ घण्टापछि बैजनाथ-७ पलौतीपुरमा बुढाको शव फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षण निरन्जन घिमिरेले जानकारी दिए ।
कोहलपुर नगरपालिका-४ गोहवाका ५ वर्षीय रन्जीत पासीको घर नजिकैको नालामा डुबेर मृत्यु भएको छ । घर नजिकैको नालामा खेल्दै गरेका पासीको पौडन नसकेर ज्यान गएको हो । त्यसैगरी डुडवा गाँउपालिका-२ स्थित पोखरीमा डुवेर ४ वर्षिय रिमा कुमारी यादवको मृत्यु भएको छ ।

नालमा डुबेर ज्यान गुमाएका लोकबहादुर सुनार ।

त्यस्तै बाढीका कारण नेपालगन्ज-गुलरिया हुलाकी सडकको खजुरामा अवरोध सृजना भएको छ । पेडारी नालामा आएको बाढी हुलाकी सडकको माथिबाट बग्न थालेपछि अवरोध भएको हो । बाढीले एक मोटरसाइकल बगाएपनि स्थानीयले उद्दार गरेर चालकको ज्यान जोगाएका छन् । वर्षाका कारण बाँकेका अधिकाशं स्थानहरु जलमग्न भएका छन ।
यसैबिच बाँके क्षेत्र नं. ३ का प्रदेश साँसद आईपी खरेलले बाढिबाट भएको धनजनको क्षतीका बारेमा स्थलगत अनुगमन गरेका छन । सोमबार बिहानैदेखि साँसद खरेल आप्mनो निर्वाचन क्षेत्रको स्थलगत अवलोकनमा खटिएका थिए । साँसद खरेलले बाढिका कारण ज्यान गुमाएकाहरुको घरपरिवारलाई भेटेर सान्त्वना दिएका थिए । उनले पिडितहरुलाई उचित क्षतीपूर्ती दिलाउने प्रतिवद्धता समेत जनाए ।
जिल्ला दैविक प्रकोप उद्धार कोषबाट तत्काल जनही १\१ लाख राहत रकम उपलब्ध गराउन पहल सुरु गरेको बताउँदै साँसद खरेलले प्रदेशस्तरबाट समेत उचित क्षतीपूर्ती उपलब्ध गराईने बताए । साँसद खरेलसँगै पूर्व राज्य मन्त्री तथा सभासद दल बहादुर सुनार समेत अनुगमनमा गएका थिए ।

 

  • १८ असार २०७५, सोमबार १८:३३ प्रकाशित
  • Nabintech