काँग्रेसका पुर्व गाविस उपसभापती माओवादीमा प्रवेश
  • काँचुली खबर

नेपाली काँग्रेसका पूर्व उपसभापती माओवादी केन्द्रमा प्रवेश गरेका छन । बाँकेको कोहलपुर नगरपालिका १४ निवासी समाजसेवी तथा राजनितिज्ञ सुन्दर लोनिया नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका हुन ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटि सदस्य नरेन्द्र न्यौपानेले लोनियालाई मंगलबार एक कार्यक्रमका बिच माओवादी केन्द्रमा प्रवेश गराएका हुन । नेपाली काँग्रेसबाट तत्कालीन शम्शेरगन्ज गा.बि.स. को उपसभापति भएका लोनिया बिगत लामो समयदेखी सामाजसेवामा सक्रिय रहँदै आएका थिए । मंगलबार काँग्रेस परित्याग गरी लोनिया नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

लोनियालाई पार्टी प्रवेश गराउँदै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटि सदस्य न्यौपानेले पछिल्लो समय माओवादी पार्टीप्रति आकर्षण बढ्दै गएको बताए । आगामी निर्वाचनबाट बाँकेमा माओवादी पहिलो नम्बरको पार्टीका रुपमा उदाउने दाबी गर्दै न्यौपानेले माओवादी केन्द्रकोे एजेन्डामा जोडिन चाहने सबैलाई पार्टीमा गोलबन्द गर्न अभियान संचालन गरीने बताए ।

प्रदेश कमिटि सदस्य न्यौपाने र माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिका सदस्य तेजप्रसाद चापागाईको उपस्थितीमा लोनियालाई पार्टी प्रवेश गराईएको कोहलपुर नगर कमिटी सचिव दान बहादुर ओलीले जानकारी दिए ।

  • ५ आश्विन २०७८, मंगलवार १८:२७ प्रकाशित
  • Nabintech