बाँकेमा पछिल्लो २४ घण्टामा थप ८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीन वटा प्रयोगशालामा ३० नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । जसमध्ये ४ जना बाँकेका रहेका छन भने बाँकी ४ जना बाहिरी जिल्लाका रहेका छन ।
भेरी अस्पतालमा ३० नमूना परिक्षण गर्दा ७ जना र बागेश्वरी ल्यावमा १४ नमूना परिक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । वलीका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा २९ जनाको नमुना परीक्षण गर्दा कसैलाई पनि कोरोना संक्रमण देखिएन ।
बाँके जिल्लामा हालसम्म ९५ हजार ६२८ नमुना परीक्षण गर्दा १८ हजार १ सय ३१ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यसैबिच पछिल्लो २४ घण्टामा बाँकेबाट ११ जना डिस्चार्ज भएका छन् । शनिबार ७ महिला र ४ पुरुष डिस्चार्ज भएसँगै बाँकेमा कोरोना संक्रमणमुक्त हुँदै डिस्चार्ज हुनेको सँख्या १७ हजार ७४६ पुगेको छ ।
शनिबार कोरोना भाइरस संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा पुनर्बास नगरपालिका ५ कञ्चनपुरका ५८ वर्षीया महिलाको मृत्यु भएको फोकल फोकल पर्सन ओलीले जानकारी दिएका छन् । साथै भेरी अस्पतालमै उपचाररत खजुरा गाउँपालिका २ बाँकेका ६० वर्षीया महिलाको समेत मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण जिल्लाभित्रका ३३१ जनाले ज्यान गुमाएका छन भने अन्यत्र जिल्लाबाट उपचारकालागि बाँके आएका ४१२ जनाको समेत मृत्यु भएको छ ।
२ आश्विन २०७८, शनिबार १६:४५ प्रकाशित