संसद अवरोध जारी राख्ने एमालेको निर्णय
  • काँचुली खबर

नेकपा एमालेले संसद अवरुद्धको रणनीतिलाई केही परिमार्जन गरि यथावत राख्ने निर्णय गरेको छ । शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । त्यसका लागि भोलि १२ बजे संसदीय दलको बैठक बोलाइएको एमाले प्रचारप्रसार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार एमालेको विधान महाधिवेशन सरेको छ । असोजको ४, ५ र ६ गते हुने भनिएको विधान महाधिवेशन असोज १५, १६ र १७ गतेका लागि सरेको हो । समय अभावका कारण विधान महाधिवेशन सारिएको बताउँदै भट्टराईले विधान महाधिवेशनमा पार्टीका विभिन्न कमिटी तथा निकायबाट करिब ३ हजार प्रतिनिधिले भाग लिने जानकारीदिए ।

उनका अनुसार त्यसका लागि असोज ३ र ४ गते स्थायी समिति बैठक बस्ने छ । उक्त बैठकमा विधान मस्यौदा, राजनीति र सांगठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । स्थायी कमिटीको बैठकबाट आएका सुझावलाई समेटेर असोज ८ र ९ गतेको केन्द्रीय कमिटी बैठकमा तीनवटा प्रतिवेदन पेस गरिने भट्टराईले बताए ।

उक्त प्रतिवेदन केन्द्रीय कमिटीबाट पारित गरेर विधान महाधिवेशनमा लगिने उनको भनाई छ।

  • २६ भाद्र २०७८, शनिबार १८:३० प्रकाशित
  • Nabintech