नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक आज पनि घटेको छ । आज बुधबार नेप्से परिसूचक ६० अंकले घटेर २८ सय ७६ अंकमा आइपुगेको हो । यसक्रममा आज जम्मा ६ अर्ब ६४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
यो कारोबार रकम हिजोको भन्दा पनि कम हो । हिजो मंगलबार नेप्सेमा ७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । यस्तै, आज जम्मा एक करोड ६१ लाख कित्ता सेयर खरिद बिक्री भएको छ । परिसूचक ६० अंकले घट्दा सबै समूहमा गिरावट आएको छ । कारोबारमा आएका १३ मध्ये १३ वटै समूह घटेका हुन् ।
जसमध्ये, जीवन बीमा समूह ४२१ अंकले घटेको छ । यसपछि निर्जीवन बीमा कम्पनी समूहमा ३२८ अंकको र विकास बैंक समूहमा १५७ अंकको गिरावट आएको छ । परिसूचक घटे पनि सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको सेयरमा आज ४५ रुपैयाँको वृद्धिसँगै प्रतिकित्ता ४९७ रुपैयाँ पुगेको छ ।
२३ भाद्र २०७८, बुधबार १६:०२ प्रकाशित