प्रचण्डकी नातिनीले गाइन् हिन्दी गीत
  • काँचुली खबर

नेपाल कम्युनिष्ट पाटी (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी तथा गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन् । उनले ‘इबादाद बन गए हो’ बोलको हिन्दी गीत गाएकी हुन् ।

उक्त गीत गायनमा स्मीतालाई शबाब साबरीले स्वरमा साथ दिएका छन् । केआर वाहीको शब्द रहेको गीतमा शबाब साबरीले संगीत दिएका छन् ।

गीतको भिडियो पनि बनेको छ । जसमा गायिका स्मीताले भारतीय मोडल अर्जुन बिज्लानीसँग रोमान्स गरेकी छन् । गीतको भिडियोलाई राजिव एस। रुईयाले निर्देशन गरेका हुन् ।

  • १८ भाद्र २०७८, शुक्रबार १३:२९ प्रकाशित
  • Nabintech