ईन्धन (ब्रिकेट)का रुपमा झुत्रा नोटको प्रयोग
  • काँचुली खबर

नेपाल राष्ट्र ब्याङ्कले झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई भट्टीमा खरानी बनाउने प्रचलनलाई अन्त्य गर्दै त्यसबाट इन्धनको रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालेको छ ।

चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई जलाउँदा वातावरण प्रदुषण हुने र ठूलो जनशक्ति प्रयोग हुने भएकोले त्यसको विकल्पमा आम्दानी समेत गर्न सकिने प्रविधि भित्र्याइएको ब्याङ्कले जनाएको छ ।

ब्याङ्कको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालका अनुसार राष्ट्र ब्याङ्कले प्रतिवर्ष सरदर ४०/४५ अर्ब रुपैयाँ बराबरका नोट नष्ट गर्दै आएको थियो ।

  • १४ भाद्र २०७८, सोमबार १४:१२ प्रकाशित
  • Nabintech