मलेसियाका प्रधानमन्त्रीद्धारा राजीनामा
  • काँचुली खबर

मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले राजीनामा दिएका छन् । सोमबार उनले राजालाई राजीनामा पत्र बुझाएको समाचार संस्था एपीले जनाएको छ ।

संसदमा बहुमत गुमाएसँगै उनले राजीनामा दिएका हुन् । विज्ञान तथा प्रविधि मन्त्री खैरी जमलुद्दिनले इनस्टाग्राममार्फत् राजालाई राजीनामा दिएको घोषणा गरेका थिए ।

‘मन्त्रिपरिषद्ले राजालाई राजीनामा दिएको छ’ यासिन राजालाई भेटेर दरबारबाट बाहिरिएपछि उनले लेखेका थिए ।

प्रधानमन्त्री पदमा नियुक्त भएको १८ महिना नबित्दै उनको राजीनामा आएको हो । अब त्यहाँ कसले सरकार बनाउँछ भन्ने खुलिसकेको छैन ।

गत वर्ष मार्चमा उनी प्रधानमन्त्री बनेका थिए । २२२ जना सासंद भएको संसदमा उनी झिनो बहुमत पाएर सत्तामा आएका थिए । तर पछिल्ला केही हप्तामा राजीनामा दिन उनलाई दबाब आइरहेको थियो ।

उनलाई गठबन्धनको सरकारमा रहेको सबैभन्दा ठूलो पार्टी युनाइटेड मलेज नेशनल ९युएमएनओ० ले राजीनामा दिन दबाब दिएको थियो । पार्टीले यासिनलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो ।

यासिनले संसदमा आफूसँग बहुमत भएको बताउँदै आएका थिए । उनले सेप्टेम्बरमा विश्वासको मत लिएर बहुमत भएको पुष्टि गरी देखाउने बताएका थिए ।

  • ३२ श्रावण २०७८, सोमबार १८:२५ प्रकाशित
  • Nabintech