जब आफ्नै छोराले ओठ सिलाएर जिउँदै फालिदिए
  • काँचुली खबर

आफ्नै छोराले एक वृद्धको मुख सिलाई गरेर हातखुट्टा बाँधी फालिदिएको घटना बाहिर आएको छ ।

छिमेकी मुलुक भारतको झारखण्ड राज्यस्थित पलामु जिल्लामा एक वृद्धलाई मुखको ओठ सिलेर रेल्वे पटरीमा फालिदिएको घटना बाहिर आएको छ । स्थानीय ६५ बर्षिय भोला रामको ओठ सियो धागोले सिएर पटरीमा फालिएको अवस्थामा भेटिएको हो ।

बुधबार बिहान सिगसिगीस्थित रेल्वे पटरीमा भेलारामलाई मुख सिएको र हातखुट्टा बाँधिएको अवस्थामा फेला परेको स्थानीय प्रहरीले जनाएको छ ।

  • ४ श्रावण २०७८, सोमबार ०८:३६ प्रकाशित
  • Nabintech