आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्दैछन् । बिहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकले बजेट अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्दैछ ।
बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न ४ बजे सार्वजनिक हुने अर्थ मन्त्रालयले जनाएको छ ।
संसदमा बजेट गर्नुपर्ने भएपनि यस वर्ष संसद विघटन भएकाले अध्यादेशमार्फत् बजेट सावर्जनिक हुन लागेको हो । यस वर्ष करिव १६ खर्वको बजेट ल्याउने सरकारको तयारी रहेको स्रोतले बताएको छ ।
बजेट सार्वजिनक कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, योजना आयोगका पदाधिकारी लगायत उपस्थिति रहने कार्यक्रम छ ।
१५ जेष्ठ २०७८, शनिबार ०८:४८ प्रकाशित