संविधान सभा सदस्य तथा नेपाली काङ्ग्रेसकी नेतृ मोहम्मदी सिद्धिकीको कोरोना संक्रमणबाट ज्यान गएको छ । उनको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा शनिबार बेलुका मृत्यु भएको हो ।
कोरोना पोजेटिभ भएपछि विगत १५ दिनदेखि उनि भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत थिइन । चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि पछिल्लो समयमा उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको थियो ।
नेपालगन्ज ३ निवासी ६५ बर्षिया सिद्दिकी कोरोना संक्रमित भएपछि गत चैत २८ गते अस्पताल भर्ना भएकी थिइन । उपचारकै क्रममा शनिबार बेलुका ७:३० बजे उनको मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ । योसङ्गै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ ।
११ बैशाख २०७८, शनिबार २०:३२ प्रकाशित