फाइल फोटो
बाँकेमा कोरोना संक्रमणको दर बढेसङ्गै संक्रमितको मृत्यु हुने दर पनि बढिरहेको छ । शनिबार बिहान थप एक कोरोना संक्रमित महिलाको उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ की ५५ बर्षिया कोरोना संक्रमित महिलाको उपचारका क्रममा भेरी अस्पतालमा शनिवार बिहान ८:४५ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
मृतक महिलालाई गत चैत ३१ गते बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा कोरोना जाँच गर्दा संक्रमण पुष्टि भएको थियो । तत्पश्चात उनि होम क्वारेन्टाइनमा बसेको र स्वास्थ्यमा समस्या आएपछि गत बैशाख ६ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएकी थिइन । उपचारकै क्रममा आज बिहान उनको भेरी अस्पतालमा मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए ।
योसङ्गै बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ ।
आजै बिहान मात्र उपचारकै क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० की ६१ बर्षिया कोरोना संक्रमित एक महिलाको भेरी अस्पतालमा मृत्यु भएको थियो ।
११ बैशाख २०७८, शनिबार १२:२८ प्रकाशित