बाँकेको नेपालगन्जमा एक हप्ताकालागि लकडाउनको घोषणा गरीएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले बाँके जिल्लामा लकडाउनको सिफारिस गरेपनि जिल्ला प्रशासन कार्यालयले भने नेपालगन्ज उपमहानगर क्षेत्रमा मात्र लागुहुने गरि १ साताका लागि ‘लकडाउन’ को घोषणा गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकार शिवराम गेलालले जारी गरेको लकडाउन आदेश आज (बुधबार) राति १२ बजेबाट बैशाख १५ गते राती १२ बजेसम्म लागु हुने जिल्ला प्रशासन कार्यालय बाँकेले आज प्रकाशित सुचनामा उल्लेख गरिएको छ ।
उपमहानगर क्षेत्रमा मात्र ७३५ बढी सक्रिय संक्रमित रहेको, अस्पतालहरुका कोभिड वार्डहरु सबै भरिभराउ भएको, नयाँ थपिने क्रम नरोकिएको भन्दै कोरोनाको चेन ब्रेक गर्नका लागि लकडाउन गरिएको सुचनामा उल्लेख छ ।
लकडाउनमा प्रशासनले तोके अनुसारको सवारी साधन बाहेक सबै बन्द हुने, बैंक बित्तीयसंस्था, शैक्षिकसंस्था, उद्योग कल कारखाना, ब्यवसाय पनि संचालनमा रोक लगाईएको छ ।
अत्यावश्यक काममा बाहेक हिंडडुलमा समेत प्रतिबन्ध लगाईएको र त्यसरी सुचनामा आधारित लकडाउन उल्लंघन गर्नेलाई संक्रामक ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही हुने प्रशासनको सुचनामा चेतावनी दिईएको छ ।
८ बैशाख २०७८, बुधबार १०:४७ प्रकाशित