कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर गएपछि बाँकेमा लकडाउन गर्ने निर्णय गरीएको छ । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले बैशाख ९ गते देखि लकडाउन गर्ने निर्णय गरेको हो ।
जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) बाँकेले जिल्लामा कम्तिमा सात दिन लकडाउन गर्न सिफारिस गरेको हो । बाँकेमा फैलिरहेको कोरोनाको चेन तोड्नका लागि कम्तिमा एक साताको लकडाउन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारीलाई सिफारीस गरीएको हो ।
७ बैशाख २०७८, मंगलवार १४:४३ प्रकाशित