बाँकेका थप एक कोरोना संक्रमितको मृत्यु
  • काँचुली खबर

सांकेतिक तस्वीर
बाँकेमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि आफ्नै निवासमा बसेका एक पुरुषको आइतबार राती मृत्यु भएको हो ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ का ७५ बर्षिय कोरोना संक्रमित पुरुषको आफ्नै निवासमा आइतबार राती १२ बजेतिर मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
मृतक व्यक्ति दीर्घरोगी (पक्षपात) को रोगी भएको, उपचारका लागि भारत गई बैशाख ४ गते नेपाल फर्केको र बैशाख ५ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भइ कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएपछि र उनको स्वास्थ्य अवस्था एकदमै गम्भीर रहेको तथा स्वास्थ्यमा सुधार नहुने संकेत देखिएपछि अस्पतालकै सिफारिसमा परिवारको सल्लाहमा परिवारका सदस्यले घरमै लगेर राखेको फोकल पर्सन ओलीले बताए ।
यो सङ्गै जिल्लामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६१ पुगेको छ ।

  • ६ बैशाख २०७८, सोमबार १०:३९ प्रकाशित
  • Nabintech