निशुल्क कोरोना परिक्षण बन्द हुन सक्छ: भेरी अस्पताल
  • काँचुली खबर

गत साल कोरोना महामारी शुरु भए देखिनै सर्वसाधारहरुको निशुल्क रुपमा कोरोनाको परिक्षण गर्दै आइरहेको नेपालगन्जस्थित भेरी अस्पतालले अब सवै जनाको कोरोना परिक्षण निशुल्क रुपमा गर्न नसक्ने जनाएको छ ।
अस्पतालले हालसम्म सम्पुर्ण सर्वसाधारणको कोरोनाको निशुल्क परिक्षण गर्दै आएपनि नेपाल सरकारबाट Extraction Kit र अन्य रियाजेन्ट पर्याप्त मात्रामा उपलब्ध नहुने हो भने निशुल्क परिक्षण आर्थिक हिसाबले दिगो हुन नसकि परिक्षण नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने जनाएको छ ।
बैशाख ६ गते सोमबारदेखि पिसिआर जाँच गर्दा चिकित्सकले सिफारिस गरेका लक्षण देखिएका सेवाग्राही बाहेकका अन्य सेवाग्राहीहरुले स्वेच्छिक रुपमा पिसिआर जाँच गराउन चाहेमा एक हजार रुपैयाँ शुल्क लाग्ने अस्पतालले जनाएको छ ।
अस्पतालको आधिकारिक फेसबुक पेजमार्फत आइतबार अस्पताल बिकास समितिको तर्फबाट सर्वसाधारणको जानकारीका लागि सुचना जारी गर्दै अस्पतालले यस्तो जनाएको हो ।

  • ५ बैशाख २०७८, आईतवार २१:२८ प्रकाशित
  • Nabintech