कोहलपुर दुर्घटनाका सबै मृतकको पहिचान खुल्यो
  • काँचुली खबर

शुक्रबार बेलुका कोहलपुरमा भएको सवारी दुर्घटनाका सबै मृतकको सनाखत भएको छ । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिपर ठोक्किँदा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको हो ।

सनाखत हुनेहरुमा टिप्पर चालक कोहलपुर नगरपालिका वडा नं. ३ बस्ने २५ वर्षिय खगेन्द्र बहादुर सुनार, सहचालक कोहलपुर १२ बस्ने २१ वर्षिय उदय बाँठा, बसका साहु मेचीनगर नगरपालिका झापाका ४५ वर्षिय छत्र बहादुर कटुवाल, सोही बसमा रहेका सुर्खेत साटाखानी-७ का ४१ वर्षीय जीवन कुमार विक र सिराह जिल्ला सुखिपुर गाउपालिका वर्ड नं. ५ कि अम्बिका कान्ति रहेका छन ।

सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको टिपर शुक्रबार साँझ ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार दुर्घटनामा ३८ जना घाइते भएका छन् । घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर रहेपछि उनिहरु खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

कोहलपुर दुर्घटनाका ४ मृतकको सनाखत

घाईते सबैको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ ।

कोहलपुरमा बस र टिप्पर ठोकिदा एकको मृत्यु ३८ घाइते

  • ४ बैशाख २०७८, शनिबार १०:५७ प्रकाशित
  • Nabintech