कोरोना संक्रमित भई बाँकेको भेरी अस्पतालमा उपचार गराईरहेको एक ब्यक्तिको मृत्यु भएको छ । शनिबार बिहान नारायणपुर–११, दाङ निवासी ३७ वर्षीय संक्रमित महिलाको मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछी चैत्र २६ गते नेपालगंज मेडिकल कलेज कोहलपुरको प्रयोशालामा गरिएको पिसिआर परिक्षणमा ति महिलामा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपश्चात भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरि उपचार सुरु गरिएकोमा शनिबार बिहान १ बजेर २७ मिनेटमा संक्रमितको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् ।
योसंगै बाँकेमा बाहिरी जिल्लाका संक्रमितको मृत्यु हुने संख्या ९४ पुगेको छ ।
४ बैशाख २०७८, शनिबार ०९:१० प्रकाशित