बागेश्वरीमा अब मोबाईलबाटै भेटी चढाउन सकिने
  • काँचुली खबर

नेपालगन्जको प्रसिद्ध बागेश्वरी मन्दिरमा चढाईने भेटी मोबाइलबाटै भुक्तानी गर्न सजिलो होस् भन्ने हेतुले माछापुच्छ्रे बैंकले क्यू.आर. कोड स्थापना गरेको छ । नेपाल राष्ट्रि बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार एक कार्यक्रमका बिच बागेश्वरी मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्यू.आर. कोडको उद्घाटन गरेका छन ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले नगदरहित समाजको परिकल्पना गरे अनुरुप बैंकहरुले भुक्तानीलाई विधुतीय माध्यमबाट सरलीकरण गरेको बताए । क्वीइक रेस्पोन्स प्रणालीबाट हुने भुक्तानीले सुशासन, पारदर्शी हुने भन्दै गर्भनर अधिकारीले प्रविधिको प्रयोग आधुनिकताको प्रतीक भएको बताए ।

मोबाइलबाट क्यू आर प्रणालीमार्फत भुक्तानी गर्दा झन्झट नहुने हुँदा यसको प्रयोगका लागि सचेतना आवश्यक हुने सरकोकारवालाको जोड छ । माछापुच्छ्रे बैंक संचालक समितिका अध्यक्ष डा. विरेन्द्रप्रसाद महतो प्रविधिलाई समुचित प्रयोगका लागी स्थानीय तह र बैंकको सहकार्यमा जनचेतना दिनुपर्नेमा जोड दिँदै समृद्धको लागि प्रविधिको प्रयोग अपरिहार्य रहेको बताए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाले नयाँ प्रविधिको प्रवेशसँगै वागेश्वरी मन्दिरको भेटीमा सुधार हुने विश्वास व्यक्त गरे ।

  • ३ बैशाख २०७८, शुक्रबार १९:५४ प्रकाशित
  • Nabintech