कलासी प्रोडक्सनले निर्माण गरेको पहिलो वेब सिरिजको पोस्टर सार्वजनिक गरीएको छ । रंगमंचका थुप्रै कलाकारहरुको अभिनय रहेको वेब सिरिज ‘ईओजी (Errors of God)’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको हो । प्रकु पाण्डेले निर्देशन गरेको यस सिरिजमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानिसको रुपमा आएका भगवानहरुको कथालाई मनोरन्जनात्मक ढंगले प्रस्तुत गरिएको छ । संगीत सापकोटाको लेखन रहेको यस सिरिजलाई सगुन पोख्रेलले निर्माण गरेकी हुन् ।
बिकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, युनिसा ढुंगाना ‘सरिता’ को साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनाल लगायत रंगमंचका पचास भन्दा बढी कलाकारहरुको अभिनय रहेको यस सिरिजमा क्राइसिस ज्याक ‘कृष्ण’ को छायांकन, रोमी मोसेस तन्डुकारको सम्पादन र शक्ति राईको कला निर्देशन रहेको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यसअघि थुप्रै नाटकहरु उत्पादन गरीसकेको कलासी प्रोडक्सनले पहिलो पटक वेब सिरिज निर्माण गरेको कलासी प्रोडक्सन संचालन सगुन पोख्रेलले जानकारी दिईन ।
१ बैशाख २०७८, बुधबार १७:२३ प्रकाशित