नेपालगन्जमा लुम्बिनी प्रदेशको दलित भेला सम्पन्न
  • काँचुली खबर

बाँकेको नेपालगन्जमा सोमबार लुम्बिनी प्रदेशका दलित समुदायको भेला सम्पन्न भएको छ । राष्ट्रिय दलित मुक्ति जागरण अभियानको आयोजना गरेको सो भेलामा नेपालगन्जको धम्बोझीबाट पन्चैबाजा सहित र्‍याली निकालेर त्रिभुवन चोकमा पुगेर कोणसभामा परिणत भएकाे थियो । सभामा बोल्दै अभियानका संयोजक खगेन्द्र सुनारले दलित समुदायको मुक्तिको लागि सडकमा उत्रिनु पर्ने अवस्था आएको बताउदै सबै पाटी भित्र दलित समुदायले गरेको योगदानको ढड्डा पल्टाउने तयारी गरिरहेको बताए । त्यस्तै उनले संघीय राजधानी काठमाडौमा एक लाख दलित उतार्ने तयारी गरिएको समेत बताए ।
कार्यक्रमका प्रमुख अथिती पुर्व सिचाइ राज्य मन्त्री दल बहादुर सुनारले दलित समुदायको मुक्ति र अधिकारका लागि लड्नु पर्ने अवस्था आएको बताउदै समाजमा विद्द्मान छुवाछूत लगायतका कुरितिको अन्त्य गर्न दलित समुदायले आन्दोलन गर्नुपर्ने बताए ।
कार्यक्रममा सहभागि जिल्लाका दलित नेता तथा अधिकरकर्मीहरूले दलित समुदायको उत्थानका लागि संघर्ष गर्नुपर्ने बताएका थिए । र्‍यालीमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट हजारौंको सहभागीता रहेको थियोे ।

  • ३० चैत्र २०७७, सोमबार २१:१५ प्रकाशित
  • Nabintech