जुम्लाबाट नेपालगन्ज आएर बसोबास गर्दै आएका नेकपा माओवादी केन्द्र आस्थावान ब्यक्तिहरु एकतावद्ध भएका छन । शनिबार नेपालगन्जमा आयोजित एक भेलाले माओवादी केन्द्र नेपालगन्ज-जुम्ला सम्पर्क समिती गठन गरेको छ ।
रमेश कार्की ईन्चार्ज रहेको उक्त समितीको अध्यक्षमा शमिर बोहोरा चयन भएका छन । बोहोराको अध्यक्षतामा ११ सदस्यीय माओवादी केन्द्र नेपालगन्ज जुम्ला सम्पर्क समिती गठन गरीएको हो । समिमीको उपाध्यक्षमा चन्द्रऋषी उपाध्याय, सचिवमा देबिलाल नेपाली, सहसचिवमा रज बुढा र कोषाध्यक्षमा लक्ष्मी कुँवर चयन भएकी छन ।
त्यसैगरी सदस्यहरुमा लालबहादुर खड्का, नैन बहादुर डाँगी, जनक कुँवर, रत्नबिर रावत, नन्द गौतम, शान्ति परियार, गंगा कठायत र गगन सुनार चयन भएका छन । त्यसैगरी समितिको सल्लाहकारमा हेमन्त पाण्डे र विन्दमान परियारलाई चयन गरीएको छ ।
१४ चैत्र २०७७, शनिबार १९:४६ प्रकाशित