बाँकेका स्थानिय तहमा योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपालको कमिटी बिस्तार अभियान सुरु गरीएको छ । जसअन्तर्गत राप्तीसोनारी गाउँपालिकामा शेर बहादुर खड्का (सुजल) को संयोजकत्वमा ३५ सदस्य कमिटी गठन गरिएको छ ।
वाइसिएलका केन्द्रिय सचिव रतन शाहीको उपस्थितीमा कमिटी गठन गरिएको हो । राप्ती सोनारीका सबै वडालाई सामेटिएर कमिटी गठन गरिएको सुजलले जानकारी दिए ।
राप्तीसोनारी क्षेत्रमा बढेको भ्रष्टाचारलाई निरुत्साहित गर्न युवाहरुले काम गर्ने संयोजक सुजलले बताए । योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल) नेकपा (माओवादी केन्द्र) को युवा भातृ संगठन हो ।
१३ चैत्र २०७७, शुक्रबार २०:०९ प्रकाशित